साउन ५, विराटनगर –
नेपाल वैश्य युवासंघले मोरङ प्रहरी प्रमुख भएर आएका सन्तोष खड्कालाई स्वागत तथा सम्मान गरेको छ । केहिदिन अघिमात्र पुर्व प्रहरी प्रमुख विश्व अधिकारीको ठाउँमा मोरङ आएका सन्तोष खड्कालाई वैश्य युवासंघले स्वागत गरेको हो।
जिल्ला प्रहरी प्रमुखको अगामी कार्यकाल बिगतको भन्दा पनि अझ सशक्त र शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्नुहोस भनेर स्वागत तथा सम्मान गरिएको संघका अध्यक्ष गणेश शाहले जानकारी दिए । मोरङलाई अपराधमुक्त जिल्लाको रूपमा देशको अग्रणी स्थानमा पुर्याउनका साथै मोरङ जिल्लावासीको मन जितेर काम गर्न संघले सचेत गराएको समेत उनले बताए । स्वागत कार्यक्रममा बोल्दै एसपी खड्काले आफुले कानुनको पक्षमा रहेर सकारात्मक काम गर्ने बताए ।
साथै संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत फार्मेसी अधिकृतमा बढुवा हुनु भएका वैश्य समाजका भरत साहलाई समेत बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिएको छ । कार्यक्रममा नेपाल वैश्य युवा संघ मोरङ्गको अध्यक्ष गणेश साह, उपाध्यक्ष दिपेन्द्र स्वर्णकार, सचीव प्रेमराज गुप्ता ,कोषाध्यक्ष डा.शिवशंकर साह, सह कोषाध्यक्ष अमृतकुमार साह, सल्लाहकार तथा बिराटनगर वार्ड ६ का वार्ड सदस्य सन्तोष साह सहभागी थिए ।