साउन ७, काठमाडौ –
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले व्यक्तिवादी गैरकम्युनिष्ट प्रवृत्तिहरु देखा परेमा त्यसविरुद्ध दृढतापूर्वक उभिनु सबै नेता कार्यकर्ताको कर्तव्य भएको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवसका अवसरमा जारी गरिएको प्रेस विज्ञप्तीमा उनले कम्युनिष्ट पार्टीमा ‘अर्काको अस्तित्व स्वीकार नगर्ने र म नै सर्वेसर्वा हुँ र म नभए केही चल्दैन’ भन्ने भावनाले कम्युनिष्ट आन्दोलन हिजो विभाजनबाट थिलोथिलो बनाएको कटु यथार्थ भोग्दै यहाँसम्म आइपुगेको उनले स्मरण गरेका छन् । आज पनि कहीँ कतै त्यस्ता गलत, व्यक्तिवादी गैरकम्युनिष्ट प्रवृत्तिहरु देखा परेमा त्यसविरुद्ध दृढतापूर्वक उभिनु नेता कार्यकर्ताको कर्तव्य भएको उनले जनाएका छन् ।
साथै उनले कम्युनिष्ट पार्टी कुनै व्यक्तिको अलौकिक र चमत्कारिक नेतृत्वमा विश्वास गर्ने संस्था नभएको बताएका छन् । उनले कम्युनिस्ट पार्टी सामुहिक नेतृत्व प्रणालीमा विश्वास गर्ने संस्था भएको जनाएका हुन् ।
पुर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले पार्टीलाई सामुहिक प्रणालीका आधारमा चलाउनु पर्छ भन्ने मान्यतालाई दृढतापूर्वक व्यवहारमा लागू हुनु पर्ने पनि जनाएका छन् ।
हेर्नुहोस् माधव नेपालले निकालेको विज्ञप्तीको पूर्ण पाठ –