साउन ८ –
विश्वभर कोरोना भाइरस सँक्रमितको सँख्या १ करोड ५३ लाख ७१ हजार नाघेको छ । विश्वभर पछिल्लो २४ घण्टामा मात्र २ लाख ८० हजार नयाँ सँक्रमित थपिएका छन् । यो अहिलेसम्मकै सबैभन्दा धेरै हो ।
यस्तै, विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको सँख्या ६ लाख ३० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्र विश्वभर ७ हजार ११३ जनाको मृत्यु भएको छ ।
कोरोना भाइरस सँक्रमितमध्ये हालसम्म ९३ लाख ४८ हजार उपचारपछी निको भएका छन् ।
Facebook Comments