साउन ८ –
आज बिहीबार नेपाली बजारमा सुन मुल्यले अर्काे नयाँ रकेर्ड तोडेको छ । आज सुनको मुल्य तोलामा ५ सय रुपैयाँले बढेर हालसम्म नयाँ विन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आजका लागि सुनको मुल्य प्रतितोला ९४ हजार ५ सयमा पुगेर नयाँ रेर्कड कायम गरेको हो ।
जुन हालसम्म कै उच्च हो । यस अघि हिजो बुधबार सुनको उच्च विन्दु प्रतितोला ९४ हजार रुपैयाँ रहेको थियो ।
यस्तै, आजका लागि तेजावी सुनको मुल्य रु.९४ हजार ६५ तोकिएको छ ।
आज चाँदीको मुल्य पनि उलेख्य मात्रामा बढेको छ । चाँदीको मुल्य प्रतितोला ११ सय ४५ रहेको छ।महासंघका अनुसार चाँदीको मुल्य पनि हालसम्म कै महंगो हो ।