साउन ९, काठमाडौ –
काठमाडौंको सीतापाइलामा युवतीलाई एसिड प्रहार गर्ने २ जना व्यक्तिलाई काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मद छन् । उनीहरु बिहीबार राति ११ बजे डल्लुबाट पक्राउ परेका हुन् ।
मोहम्मदको आग्रहअनुसार मुन्नाले युवतीमाथि रक्सीको बोतलमा राखेर एसिड प्रहार गरेको खुलेको छ । रातारात मुन्नालाई भारत भगाउने योजना बनाइएको भएपनी उनीहरु उम्किन पाएनन् ।