साउन ११ –
नेपालमा कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या १३ हजार ५३ जना पुगेका छन् । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार यो कुल संक्रमितको ७०.६ प्रतिशत हो ।
मन्त्रालयको तथ्यांक अनुसार कुल सङ्क्रमित १८ हजार १८३ मध्ये शनिबारसम्म १३ हजार ५३ जना निको भएका छन् । देश नं १ मा ७७५, प्रदेश नं २ मा दुई हजार ८९८, वाग्मती प्रदेशमा ४६८, गण्डकी प्रदेशमा एक हजार १२५, प्रदेश नं ५ मा तीन हजार ९००, कर्णाली प्रदेशमा एक हजार ५८५ र सुदूरपश्चिम प्रदेशमा दुई हजार ३०२ जना सङ्क्रमणमुक्त भई घर फर्किएका हुन् ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशका ६ जिल्ला कोरोनामुक्त भएका छन् । प्रदेश नं १ को पाँचथर, भोजपुर र सङ्खुवासभा, वाग्मती प्रदेशको रसुवा र गण्डकी प्रदेशको मनाङ र मुस्ताङमा कारोनाका सक्रिय सङ्क्रमित नरहेको उनले जानकारी दिए ।