• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

सडक कालोपत्रेमा धनपालथानका जनप्रतिनिधि र ठेकेदार हावी हुँदा लापरबाही

by पहिलो नेपाल
१३ श्रावण २०७७, मंगलवार ०९:०४
सडक कालोपत्रेमा धनपालथानका जनप्रतिनिधि र ठेकेदार हावी हुँदा लापरबाही

तस्बिर : अन्नपूर्णबाट लिईएको


साउन १३, विराटनगर –
मोरङको धनपालथान गाउँपालिकामा निर्माणाधिन सडकमा जनप्रतिनिधि र ठेकेदार हावी हुँदा काममा ढिलाइ र लापरबाही भएको छ । निर्माणाधीन दादरबैरिया चौकदेखी फुटानी चौकसम्मको सडकमा भुक्तानी सम्बन्धमा विवाद चुलिएर प्राविधिकहरुमाथी दुव्र्यवहार समेत हुनुको साथै स्थानीयको गलत बुझाईले उनिहरु थुनिएका थिए ।

प्रदेश सरकारको सशर्त अनुदान र गाउँ पालिकाको साझेदारमा दादवैरिया चौकदेखि फुटानी चौकसम्मको २६ सय मिटर कालोपत्रे सडक आ.ब. ०७५/०७६ मै दुई चरणमा ठेक्का लागेपनी गत आ.ब. काम सम्पन्न हुन सकेको थिएन्। उक्त अधुरो कार्यको गाउँपालिकाबाट २०७६ माघ महिनामै म्याद थप भएतापनी ठेकेदारको लापरबाहीले सडक निर्माण कार्यमा ढिलाई हुँदै आएको थियो । पछिल्लो समय कोभिड-१९ र वर्षातको कारण देखाउँदै निर्माणको काम ढिलो सुरु गरेको थियो ।

काम ढिलो गर्नुमा रामा विल्डर्स , राजविराजको लापरबाही स्पष्ट देखिन्छ । रामा विल्डर्सले ५ नम्बर वडाका वडाध्यक्षसँग साँठगाँठमा काम नै नगरी गाउँपालिका कर्मचारीहरुलाई विकास विरोधी आरोप लगाएर अग्रिम भुक्तानीका लागि दबाव दिँदै आएको थियो ।

असारको अन्तिम दिन २६०० मिटर कालोपत्रे हुनुपर्नेमा स्थलगत अनुगमन गर्दा करिब ८५० मिटर मात्र कालोपत्रे भएपनी वडाअध्यक्ष र ठेकेदार कम्पनीले सम्पुर्ण रकम निकासीको लागि गाउँपालिकाका कर्मचारीलाई दबाब दिँदै आएका थिए । अर्कोतिर सोही दिन नाँपजाँच गर्नुभन्दा अगाडि गाउँपालिकाको अध्यक्षतामा बैठक बसि सोही मितिसम्म जेजति काम भएको छ सोको मात्र भुक्तानी दिने भनी सम्झौता पनि भएको थियो । तर नाँपजाँचमा खटिने इन्जिनियर राजेश गिरिको नेतृत्वमा प्राविधिक अनिल सिंह र दिनेश मण्डल माथी दुर्ववहारका साथै स्थानीयले थुनेका हुन् । स्थानीयहरुलाई ठेकेदार र वडाअध्यक्षले गलत प्रचार र भ्रम छरेर कर्मचारीहरुमाथी विरोध प्रदर्शन गर्न बाध्य पारेका थिए ।

यसरी २६०० मिटरको कार्य सम्पन्न नगरी गाउँपालीकाले अग्रिम भुक्तानी गर्न नसकिने भनेपछि विवाद भएको देखिन्छ । अर्कोतिर रोचक कुरा असार ३० गते वडा नम्वर ५ र वडा नम्बर ६ दुबै ठेक्का नम्बर २१/०७५/०७६ को कार्य सम्पुर्ण सम्पन्न भएको भनी गाउँपालिका समक्ष सिफारिस समेत गरेको थियो तर असार ३१ गते राती ८ बजे दुर्ववहार भई बन्दीमा परेका प्राविधिक र कर्मचारीहरुलाई प्रहरीको टोलिले उद्घार गर्नुपुर्व भएको सहमतिमा काम पूरा नभएको उल्लेख छ । गलत नियत राखेर दबाब दिई रकम निकास गराउन लगाउने ठेकेदार कम्पनी रामा विल्डर्सका मालिक कन्हैया ठाकुर र सोही वडाका वडाअध्यक्ष गयानन्द सरदार अन्ततः विफल भएका छन् ।

दबाबमा परेर काम गराउने वडाअध्यक्ष र ठेकेदार कम्पनीले सम्पुर्ण काम सकेर भुक्तानी माग्दा विवाद नै नहुने भएतापनी कामै नसकि अग्रिम भुक्तानीका लागि दबाब दिँदा समस्या उत्पन्न भएको देखिन्छ ।

Facebook Comments

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१३ श्रावण २०७७, मंगलवार ०९:०४
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१३ श्रावण २०७७, मंगलवार ०९:०४

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

बुस्टर डोजका खोप माघमा १५ लाख मात्रा आउने

प्रदूषण बढाएको भन्दै स्थानीयद्वारा लुम्बिनी चिनी मिलमा तालाबन्दी

जाडोमा रक्सी पिउँदा शरीर तात्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१३ श्रावण २०७७, मंगलवार ०९:०४
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१३ श्रावण २०७७, मंगलवार ०९:०४
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१३ श्रावण २०७७, मंगलवार ०९:०४
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१३ श्रावण २०७७, मंगलवार ०९:०४
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१३ श्रावण २०७७, मंगलवार ०९:०४
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.