• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

ओलिलाई नेता नेपालको प्रस्ताव: मलाई कुनै पद चाहिएको छैन, वामदेव-झलनाथ वा अरु जसलाई भएनी अध्यक्ष बनाउँ

by पहिलो नेपाल
१३ श्रावण २०७७, मंगलवार १७:०९
76
Shares

साउन १३, काठमाडौ –
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई कुनैपनी पद नचाहिएको स्पष्ट पारेका छन्। उनले आफु विचार र विधिको पक्षमा स्पष्ट रूपले उभिएको बताएका हुन् ।

प्रधानमन्त्री केपी ओलीसँगको पछिल्लो भेटवार्ताबारे उनले आफूले एक व्यक्ति : एक जम्मेवारीको नीति कार्यान्वयनका लागि विचार र विधिअनुसार पार्टी र सरकार सञ्चालन गर्नुपर्ने प्रस्ताव राखेको स्पष्ट पारेका हुन् ।

प्रधानमन्त्री ओलिले फोनबाट आग्रह गरेर सम्पर्क व्यक्ति पठाएपछि भेटवार्ताका लागि माधव नेपाल बालुवाटार गएका थिए तर आशंका बढाउने गरी गलत ढंगले सूचना सम्प्रेषित हुनसक्ने भन्दै नेता नेपालले प्रचण्डको जानकारीमै प्रधानमन्त्री सँग कुरा गरेका थिए । कुराकानीका क्रममा नेता नेपालले आफुलाई कुनै पाद नचाईएको प्रष्ट पारेका थिए। माधव नेपाल निकट श्रोतका अनुसार कुराकानीका क्रममा नेता नेपालले, ‘सकभर जेठ २ को सहमतिअनुसार प्रचण्डजिलाई प्रधानमन्त्री बनाएर जाउँ, त्यस्तो होइन भने जसलाई बनाए पनि हुन्छ, तर अहिलेलाई अध्यक्ष छोड्नुस्, त्यसबाट पार्टी पनि राम्रोसँग चल्छ, तपाईं प्रधानमन्त्री भएर चलाउनुस्, राम्रो वातावरण बन्छ, मेरो सहयोग रहन्छ भनेको थिएँ, तर अर्कै तरिकाबाट बाहिर कुरा आयो ।’

त्यस्तो प्रस्तावपछि प्रधानमन्त्री ओलीले दुवै पद छाड्न नमानेपछि नेता नेपाल बालुवाटारबाट हिँडेका थिए । भेटमा प्रधानमन्त्री ओलिले अझै कुरा नसकिएको भन्दै अर्कोपटक भेटौँला समेत भनेको श्रोतले बतायो ।

नेपालले प्रधानमन्त्रीनिकट नेताहरूमार्फत ओलीले अध्यक्ष छाडेको अवस्थामा अहिलेलाई वामदेव गौतम, झलनाथ खनाल वा दोस्रो पुस्ताका जोकोहीलाई केन्द्रीय कमिटीबाट विधिसम्मत निर्णय गराएर जान सकिने प्रस्तावसमेत गरेका थिए। नेता नेपालले केन्द्रिय कमिटीबाट निर्णय गरेर दोश्रो पुस्ताका शंकर पोख्रेललाई पनि अध्यक्ष बनाएर जान सकिने प्रस्ताव गरेका थिए ।

भेटमा नेता नेपालले भने, ‘मलाई अहिले अध्यक्ष वा प्रधानमन्त्री हुनु छैन, पार्टीमा विचार, विधि, पद्धति र राम्रो संस्कृति चाहिएको छ । सरकार लोकप्रिय ढंगले चलोस् भन्ने मेरो चाहना छ । कुनै पनि पदमा मरिहत्ते गर्ने मान्छे म होइन ।’

Facebook Comments

76
Shares

Related Posts

नेकपा एकीकृत समाजवादीको  सचिवालय बैठक बस्दै

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

१३ श्रावण २०७७, मंगलवार १७:०९
काङ्ग्रेसले आज देशभर बाट एकसाथ सरकारलाई ज्ञापनपत्र बुझाउँदै

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

१३ श्रावण २०७७, मंगलवार १७:०९

प्रधानमन्त्री प्रचण्ड–ओलीबीच तीन बुँदे भद्र सहमति

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी

प्रदेश १ मा सरकार गठन दलहरुको छुट्टाछुट्टै छलफलमा

रेशम चौधरीको रिहाइ नभए प्रदेशसभा चल्न नदिने नागरिक उन्मुक्ति पार्टीको चेतावनी

देश र नागरिकको हितलाई केन्द्रमा राखेर पार्टी अघि बढ्छ : अध्यक्ष नेपाल

जनप्रतिनिधिलाई राउतको निर्देशन- ६ महिना गरेका कामको प्रगति पठाउनू

आज मधेस प्रदेशसभाको पहिलो अधिवेशन

प्रधानमन्त्री दाहाल :छिट्टै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१३ श्रावण २०७७, मंगलवार १७:०९
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१३ श्रावण २०७७, मंगलवार १७:०९
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१३ श्रावण २०७७, मंगलवार १७:०९
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१३ श्रावण २०७७, मंगलवार १७:०९
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१३ श्रावण २०७७, मंगलवार १७:०९
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.