साउन १४ –
नेपाली राष्ट्रिय क्रीकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नका लागि बिहीबार वेष्ट इन्डिज प्रस्थान गर्न लागेका उनको कोरोना रिपोर्ट पोजिटिभ आएको हो ।
सन्दीप बिहीबार बिहान दस बजे चार्टर्ड फ्लाइटमार्फत वेष्ट इन्डिज प्रस्थान गर्न लागेका छन् ।
सन्दीप अमेरिका हुँदै आइतबार वेष्ट इन्डिज पुग्नेछन् । त्यसपछि उनी खेल स्थान ट्रिनिडाड एण्ड टोबागो जानेछन् ।
सरकारले अन्तर्राष्ट्रिय हवाई उडान आगामी १ भदौबाट मात्र खोल्ने निर्णय गरेपनि उनी चार्टर फ्लाइटबाट वेस्ट इन्डिज जान लागेका हुन् ।
सीपीएल ट्रीनिडाड एन्ड टोबेगोमा २ भदौ अर्थात १८ अगष्टबाट सुरु हुँदैछ । सन्दीप यस सिजनको सीपीएलका लागि जमैका तल्लावाहजमा अनुबन्धित भइसकेका छन् ।
उनलाई जमैकाले एक लाख ३० हजार अमेरिकी डलर (एक करोड ५६ लाख रूपैयाँ)मा अनुबन्ध गरेको हो ।