साउन १६, विराटनगर –
अभिभावकहरुसँग विभिन्न बहानामा शुल्क नउठाउन मोरङका विभिन्न विद्यार्थी संगठनहरुले चेतावनी दिएका छन् । आज संयुक्त रुपमा एक प्रेस वक्तव्य जारी गर्दै मोरङ विद्यार्थी संगठनहरुले निजि शैक्षिक संस्थाहरुलाई चेतावनी दिएका हुन् ।
अनेरास्ववियू, नेविसंघ , समाजवादी विद्यार्थी फोरम, राष्ट्रिय विद्यार्थी संघ, नयाँ शक्ति विद्यार्थी युनियन र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघद्वारा संयुक्त रुपमा प्रेस वक्तव्य जारी गर्दै कोरोना भाइरसको बढ्दो जोखिमलाई मध्यनजर गर्दै तत्काल कुनैपनी शुल्क नउठाउन निजि शैक्षिक संस्थालाई चेतावनी दिएको छ । वक्तव्यमा प्री एड्मिसनको नाउँमा अभिभावकहरुलाई अनेक दबाब दिएर मनोमानी शुल्क उठाईरहेको प्रती गम्भीर ध्यानाकर्षण भएको जनाईएको छ । “कोरोना कहरको त्रासदी, अभिभावकहरु विकराल अवस्था, कलिला विद्यार्थीहरुको तनावपूर्ण मनोवैज्ञानिकलाई पुर्ण रुपमा उपेक्षा गरि विशुद्ध व्यापारीक मनसायले कुनै न कुनै रुपमा शुल्क असुल्ने कार्य तुरुन्त रोक्न हामी विद्यार्थी संगठनहरु जोडदारआग गर्दछौँ।” वक्तव्यमा भनिएको छ, ” हाम्रो मागको बेवास्ता गरे हामी जस्तोसुकै कदम चाल्न बाध्य हुनेछौँ।”
मोरङका केही शैक्षिक संस्थाले अनलाईन क्लासको नाउँमा शुल्क उठाउन सुरु गरेपछि विद्यार्थी संगठनहरुले शुल्क नउठाउन भन्दै वक्तव्य जारी गरेका हुन् ।