📝 कोशिस सुवेदी
गत डिसेम्बरमा चिनको वुहानमा पहिलोपटक देखापरेको नोबेल कोरोना भाइरस (कोभिड-१९) बाट अहिले संसार नै आक्रान्त बनेको छ । कोभिड-१९ का कारणबाट बिश्वभर लाखौं मान्छेहरुले ज्यान गुमाएका छन । विश्वभरि सङ्क्रमण फैलिरहेको र यो सङ्क्रमण नेपालमा फैलिन नदिन सबैभन्दा बढी भिड हुने विद्यालय र विश्वविद्यालय चैत ६ बाट बन्द गराउने नेपाल सरकारले निर्णय गरेका कारण चलिरहेको र चल्न लागेको सबैखाले परिक्षाहरु स्थगित गरि चैत ११ बाट देशैभर पुर्णलकडाउन गर्ने सरकारले निर्णय गरेको पनि लगभग ५ महिना भएको छ । अझै देशको कतिपय भागमा लकडाउन जारी नै छ ।
लकडाउनले बढी असर पारेको मध्ये शिक्षाक्षेत्र पनि एउटा हो । विद्यालय स्तरका विद्यार्थीहरुको नयाँ शैक्षिक शत्र सुरु हुन नसकेको ५ महिना भयो भने विश्वविद्यालय स्तरका विद्यार्थीहरुको चल्दै गरेको र केही दिनमै चल्न लागेको परिक्षा रोकिएको पनि ५ महिना भैसकेको अवस्था छ भने परिक्षाको बारेमा केयु बाहेकका अन्य विश्वविद्यालयले कुनै निर्णय गर्न नसक्दा ७ लाख विद्यार्थीहरुको भविस्य अन्योल बनेको छ । विभिन्न खोजमुलुक कुरामा लागिपर्नुपर्ने बिश्वबिधालयले, अझै केही महिना सहज वातावरण नबन्ने र वातावरण सहज नभए भौतिक उपस्थितिमा परिक्षा गराउन सम्भव नहुने कुरा बारे जानकार रहदा रहदै पनि भौतिक उपस्थितिमा परिक्षा लिने परम्परागत शैलीको बिकल्प दिन नसक्दा विद्यार्थीहरु मानसिक तनावमा छन । विश्वविद्यालय अनुदान आयोगले पनि विश्वविद्यालयहरुलाई परिक्षाको मोडेल दिइसकेको समाचार आएको छ । अहिले विद्यार्थीहरु ठुलो समस्यामा परेका छन ।
नेपालमै रहेको कुनै एउटा विश्वविद्यालयले परिक्षा गराइसक्दा पनि देशकै ठुला भनिने अरु विश्वविद्यालयले कुनै निर्णय नगर्नुले नेपालका विश्वविद्यालयहरु विद्यार्थीको भविस्यप्रती कति चिन्तित छन भन्ने कुरा प्रष्ट हुन्छ । विश्वविद्यालय मात्र होइन विद्यार्थीहरुलाई चेतनशील बनाएर देशमा राजनैतिक , सामाजिक ,आर्थिक रुपान्तरण ल्याउन , देश विकास र सभ्य समाज निर्माणको मेरुदण्ड रहेको शिक्षा क्षेत्रमा हुने सबैखाले बिकृती र बिसङ्गतीविरुद्ध उभिन र समस्यामा परेका आवाज बिहिन विद्यार्थीहरुको आवाज बनिन खुलेका विद्यार्थी संगठन आफै एजेन्डा विहिन , कार्यक्रम विहिन बनेको छ । गन्तव्य बिनाको यात्री जस्तै विद्यार्थी संगठन आफै अलमलमा छ । विद्यार्थी संगठनमा विद्यार्थीहरुको भविस्य प्रती कुनै बहस हुदैन बरु जनै बारे ठुलै बहस चल्छ । जनै लागाउँदा प्रगतिशील कि जनै फुकाल्दा प्रगतिशील ? नेपालको इतिहासमा हिटलर ठहरिएका जङ्ग बहादुर राणालाइ राष्ट्रवादी मान्दै जङ्ग बहादुर पछिको राष्ट्रवादी भनेर नेतृत्व नै छलफल चलाउछन तर ५ महिना देखि परिक्षाको बारे निरन्तर आवाज उठाइरहेको विद्यार्थीहरुको आवाज उनिहरुको कानसम्म पुग्न सक्दैन र सकेको छैन ।
कोरोनाको अन्त्य होला र परिक्षा गरौला भनेर बिकल्पको बारे नसोची सुतेको बिश्वबिद्धालय , बाटो बिराएर एजेन्डा भुलेर जनै र जङ्ग बहादुरको बहसमा रमाइलो गर्दै टाइमपास गरिरहेका विद्यार्थी संगठनको गैरजिम्मेवारको कारण आझ विद्यार्थी मारमा परेका छन् । विश्वविद्यालय अनुदान आयोगले दिएको बिकल्पको मोडेललाई आधार मानि चाँडोभन्दा चाँडो परिक्षा लिएर विद्यार्थीहरुको वर्षलस हुनुबाट जोगाउन तर्फ लाग्न विश्वविद्यालय र विद्यार्थी संगठनको ध्यानाकर्षण हुन जरुरी छ ।
( लेखक:- अनेरास्ववियूका नेता हुन् )