साउन २१ –
लेबनानको राजधानी बेरुतमा भएको भयानक विस्फोटमा कम्तिमा पनि ७० जनाको मृत्यु भएको छ । करिब ४ हजार जना घाइते भएका छन् ।
बिस्फोटक पदार्थ राखिएको गिदाममा बिस्फोट भएको लेबनानका स्वास्थमन्त्रीले जानकारी दिए ।लेबनानका प्रधानमन्त्री हसन दिआबले आज त्यहाँ राष्ट्रिय शोक दिवसको घोषणा गरेका छन् ।
राष्ट्रपति माइकल इयोनले सामाजिक सञ्जालमार्फत् २७५० टन विस्फोटक नाइट्रेट असुरक्षित तरिकाले स्टोर गरेर राखिएको बताएका छन् । विस्फोट कसरी भयो भन्ने बारेमा अनुसन्धान सुरू भएको बीबीसीले आफ्नो समाचारमा जनाएको छ । प्रधानमन्त्रीले यसमा संलग्न देखिएका जो कोहीलाई पनि नछाडिने बताएका छन् । त्यहाँ सन् २०१४ देखि विस्फोटक पदार्थ स्टोर गरिएको थियो ।