साउन २२, काठमाडौ –
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ ।
दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार वुधबार दाहाल परिवार, सचिवालय र सुरक्षाकर्मीको कोरोना परीक्षण गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीमा कार्यरत ६ जनालाई कोरोना देखिएको हो। बाहिरी सुरक्षा घेरामा कार्यरत सुरक्षाकर्मीमा कोरोना देखिएको उनले जानकारी दिए।
Facebook Comments