साउम २२, विराटनगर –
विराटनगरमा २१ जना सहित प्रदेश नम्बर १ मा आज बिहीवार एकैदिन ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ मा बिहीबार एक हजार ५४ जनाको पीसीआर परीक्षण गर्दा ६६ जनामा संक्रमण पुष्टि प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ११ पुरुष १० महिला, बेलबारीमा दुई र रंगेलीमा एक पुरुष, सुनसरीको धरानमा ११ पुरुष, तीन महिला, इटहरीमा चार पुरुष, एक महिला, इलामको इलाम नगरपालिकामा १५ पुरुष, झापाको मेचीनगरमा सात पुरुष, एक महिलाको कोरोना रिपोर्ट पोजिटिभ आएको हो ।
प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या एक हजार दुई सय ५५ पुगेको छ । प्रदेश १ मा बिहीबार १८ जना डिस्चार्ज भएका छन । योसँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ९ सय ५ पुगेको छ ।