साउन २४ –
विश्वभर कोरोना भाइरस सँक्रमितको सँख्या बढ्ने क्रम जारी छ । शनिबार विहानसम्म विश्वभर कोरोना भाइरस सँक्रमितको सँख्या १ करोड ९५ लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ८३ हजार नयाँ सँक्रमित थपिएपछी सँक्रमितको सँख्या १ करोड ९५ लाख ४१ हजार पुगेको हो ।
त्यस्तै विश्वभर मृतकको सँख्या ७ लाख २४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा विश्वभर ६ हजार ४४८ जनाको कोरोना भाइरसबाट ज्यान गएको छ । हालसम्म सबैभन्दा धेरै अमेरिकामा १ लाख ६४ हजार ९४ जनाको ज्यान गएको छ ।
यस्तै, ब्राजिलमा ९९ हजार ७०२ जना, मेक्सीकोमा ५१ हजार ३३१ जना, बेलायतमा ४६ हजार ५५१ जना, भारतमा ४२ हजार ५७८ जना, इटलीमा ३५ हजार १९० जना, फ्रान्समा ३० हजार ३२४ जना, स्पेनमा २८ हजार ५०३ जना, रुसमा २४ हजार ७२५ जना, पेरुमा २० हजार ६५९ जना, द. अफ्रिकामा ९ हजार ९०९ जनाको कोरोना कारण ज्यान गैसकेको छ ।