साउन २४ –
युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा आज राति स्पेनिच क्लब बार्सिलोनाले घरेलु मैदानमा इटालियन क्लब नेपोलीसँग प्रतिस्पर्धा गर्दैछ ।
खेल नेपाली समयअनुसार राति १२ः४५ बजेपछि सुरु हुनेछ । पहिलो लेगमा १–१ गोलको बराबरी खेलेको बर्सिलोना यसपटक भने घरेलु मैदान नोउक्याम्पमा नेपोलीलाई सहजै हराउँदै अघिल्लो चरणमा पुग्ने दाउमा छ ।
उसो त बार्सिलोनालाई गोलरहित बराबरी पनि काफी हुनेछ । यसपटक प्रशिक्षक क्विके सेटिनले चोटसँग जुधिरहेको एन्टोइन ग्रिजमनलाई टोलीमा समेटेको छ ।
लियोनेल मेस्सी, लुइस सुआरेज, अन्सु फाती, जेरार्ड पिके, क्लेमेन्ट लेङलेट, जोर्डी अल्वा, इभान राकिटिच, सर्जियो रोबर्टाे, फ्रान्की डि जोङ, जुनियर फिर्पाे र मार्क आन्द्र टेर स्टेगन टोलीमा हुनेछ । प्रतिबन्धका कारण आर्टुरो भिडाल र सर्जियो बुस्क्वेट्स टोलीमा हुनेछैन ।
यि दुई टोलीबीचको पछिल्लो पाँच खेलको नतिजा हेर्दा बार्सिलोना हावी छ । बार्सिलोनाले तीन खेल आफ्नो पक्षमा पार्दा १ खेल नेपोलीले जितेको छ । एक खेल बराबरीमा सकिएको छ ।