साउन २४, काठमाडौ –
शनिवार नेपालमा थप ३७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा संक्रमितको संख्या २२ हजार ५९२ पुगेको जानकारी दिए ।
यस्तै , कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ । पछिल्लो पटक ३ जनाको मृत्यु भएको हो । गण्डक अस्पताल वीरगञ्जमा १ पुरुष, कोशी अस्पताल विराटनगरमा १ पुरुष र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा १ महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
हालसम्म देखिएका संक्रमितमध्ये १६ हजार ३१३ जना आइसोलेसनबाट डिस्चार्ज भइसकेका छन ।