साउन २५, विराटनगर –
आइतबार विराटनगरमा २९ जना कोरोनाका नया संक्रमित थपिएका छन् । आइतबार १९ पुरुष र १० महिला सहित २९ जना नयाँ संक्रमित थपिएपछि विराटनगरमा संक्रमितको संख्या २८२ पुगेको छ । जसमध्ये ४३ जना संक्रमणमुक्त भैसकेका छन् ।
यस्तै प्रदेश १ मा ४० जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २७ पुरूष र १३ जना महिला रहेको मन्त्रालयले जानकारी दिइएको छ ।
आइतबार झापामा ४ पुरूष र १ महिला गरि ५ जना र सुनसरीमा ४ पुरुष २ महिला गरि ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ एक हजार ४३२ पुगेको छ । संक्रमितमध्ये ५ जनाको मृत्यु भईसकेको छ ।