साउन २६ –
विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड नाघेको छ । पछिल्लो २४ घन्टामा विश्वभर २ लाख १९ हजारभन्दा बढी संक्रमित थपिएपछि संक्रमितको संख्या २ करोड २३ हजार नाघेको हो ।
जम्मा संक्रमितमध्ये ५ प्रतिशतको मृत्यु भएको छ । वल्डोमिटर्सका अनुसार सोमबार बिहानसम्म विश्वभर ७ लाख ३४ हजारको ज्यान गैसकेको छ ।
त्यस्तै, संक्रमितमध्ये ९५ प्रतिशत उपचार पछि निको भएर घर फर्किएका छन् । हालसम्म विश्वभर १ करोड २८ लाख ९५ हजारभन्दा धेरै संक्रमित निको भएका छन् ।
साथै विश्वभर ६३ लाख ९१ हजारभन्दा धेरै संकृय संक्रमित छ । जसमध्ये १ प्रतिशत गम्भीर प्रकृतिका संक्रमित छन् भने अरु सामान्य अवस्थामा रहेको वल्डोमिटर्सले जनाएको छ ।