• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

साँच्चै संसार स्वार्थी रहेछ

by पहिलो नेपाल
२६ श्रावण २०७७, सोमबार १०:४९
त्यो मास्क भित्रको पुरुष

सुजाता लिम्बू


📝 सुजता लिम्बू

सामाजिक, धार्मिक अथवा कानूनी रुपबाट एक अर्कासँगै जीवन व्यतित गर्ने सम्बन्ध हो विवाह । विवाहले दुई परिवारबीच प्रगाढ नयाँ नाता सम्बन्ध जोड्छ ।

विवाह कै कुरा गरीरहँदा, गत ०७६ फागुनमा सामाजिक सञ्जालदेखि मिडियासम्मले कभरेज गरेका थिए अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीबिचको बैवाहिक सम्बन्ध १ कयैनले उडाइरहेका थिए उनीहरुको सम्बन्धको मजाक । ट्रोल बनेका थिए फेसबुकमा ।

त्यो समय प्रियंका र आयुष्मानबीचको उमेर भिन्नतालाई लिएर शुभकामना दिनेको भन्दा नकारात्मक टिप्पणी गर्नेको ओइरो लागेको थियो । कतिले उनीहरुबीचको उमेरका विषयलाई लिएर मजाक उडाएका थिए त कतिले प्रियंकाको दोस्रो र आयुष्मानको पहिलो विवाह भनेर खिल्ली पनि उडाएका छन् ।

के प्रेममा पुरूषकै उमेर बढी हुनैपर्छ ? कम उमेरका पुरूषसँग महिलाले प्रेम गर्नै हुँदैन ? अतीतलाई भुलेर वर्तमानसँग रमाउन खोज्नु गलत हो ? के डिभोर्सी महिलालाई खुशी हुने, नयाँ सम्बन्ध जोड्ने अधिकार छैन ? के हरेक सम्बन्ध टुट्नुका पछाडि नारी मात्रै दोषी हुन्छन् ?

मलाई एउटा कविताको हरफहरु याद आयो‘,

‘लाएर कहिल्यै अघाउन्न रहेछ प्रेम

लेखेर कहिल्यै सकिन्न रहेछ प्रेम

जोखेर कहिल्यै जोखिन्न रहेछ प्रेम

मारेर कहिल्यै मासिन्न रहेछ प्रेम’

कवियत्री तथा साहित्यकार उषा शेरचनद्धारा लिखित कविताको केहि अंश हुन् यी । सायद यी नै कविताका हरफ पनि काफि छन् प्रेम बुझ्नका लागि । अब भन्नुहोस् के डिभोर्स भएका महिलाको मनै हुँदैन ? कुनै चाहना हुँदैन ? उनीहरुलाई चोखो प्रेम पाउने, गर्ने अधिकार छैन र ?

जब एउटी महिलाको श्रीमानसँग सम्बन्ध विच्छेद हुन्छ, उनी समाजको घेराबन्दीमा पर्छिन् । कुनै परपुरुषसँग बोल्नु हुँदैन, समाजको खिसिटिउरीसँग आँशु निल्नुपर्छ । तर त्यो पुरुष भने नयाँ जीवन साथीको खोजीमा हुन्छ । कुनै प्रश्न सोधिन्छ । न उसको चासो राखिन्छ ।

जति नारी समानताको कुरा गरेपनि समाज परिवर्तन भएको छैन । समाज अझै पुरुषवादी छ ।

नायिका प्रियंकाको पहिलो श्रीमानले पनि दोस्रो विवाह गरिसकेका छन् । उनको त सायद कसैले ट्रोल पनि बनाएनन् होला । देखिएन पनि सामाजिक सञ्जालमा । तर प्रियंकालाई भने छाडिएन ।

एउटी नारीलाई डिभोर्स रहर हुँदैन, बाध्यता हुन्छ । जब सम्बन्धमा एक अर्काको सम्मान हुँदैन, एकले अर्कालाई रुचाइँदैन त्यहाँ अशान्तिले पारिवारिक धरोहर डगमगाउँछ । त्यहीँबाट क्रमशः सम्बन्धका ईँट्टा एकपछि अर्को गर्दै भत्किँदै जान्छ । नचाहँदा नचाहँदै भताभुङ्ग हुन्छ घर–गृहस्थी ।

मेरै भोगाईको कुरा गरौँ न । सामाजिक सञ्जालमा अनेकौँ प्रस्ताव राखी स्वार्थले मसँग जोडिन चाहन्छन् । सिलसिलेवार प्रश्नका माध्यमबाट तहतह उघ्रिने गरी मेरो सोधिखोजी हुन्छ । धेरैले अविवाहित ठान्छन् मलाई । कतिले सामाजिक सञ्जालमार्फत् प्रेम प्रस्ताव पनि राख्छन् । कतिले विवाहको प्रस्ताव पनि । सतही चिनाजानीको भरमा कतिले सँगै मर्ने बाँच्ने कसम खान पनि पछि पर्दैनन् ।

जब मेरो यथार्थ प्रष्ट हुन्छ कि म एक विछेद्को दौरबाट गुज्रिएकी महिला हुँ । अनि प्रेम प्रस्ताव मैँले अस्विकार गर्नुभन्दा पहिले प्रस्ताव राख्ने आफैँ टाढा हुन्छन् म बाट ।

अनि सिलस्वभावको मुकुन्डो ओडेकाहरुले नधकाई भन्दिन्छन् ‘तिमिलाई बिवाह गरे भने त परिवार, समाजलाई के जवाफ दिनु ? अनि छिमेकमा आफ्ना, आफन्तमा कुरा काट्नेको पात्र बनिने रैछु ।

म सोचमग्न हुन्छु । ती पुरुषले परिवारलाई दिने जवाफ मैँले मेरो परिवारलाई दिनुपर्दैन र ? समाजले उसलाई सोध्ने प्रश्न मलाई सोध्दैन र ? मेरा परिवारको पनि त समाजमा आफ्नै मान मर्यादा छ । मेरो परिवार पनि त उस्तै समाजमा बस्छन्, जहाँ उसको परिवार बस्छन् ।

म पनि मानव हुँ । मेरा पनि आफ्नै चाहना छन् । अनेकन रहर छन् । तर समाजले मेरा रहरमा जहर घोलिदिन्छ ।

नधकाई मलाई यौन प्यास मेटाउने प्रस्ताव आउँछ, ती प्रेम गर्छु भन्नेहरुबाट ।

महासय, मलाई मेरो शरीरसँग खेल्ने पुरुष चाहिएको होइन । म यौनको प्यासी छैन । मात्र एक असल जीवनसाथी चाहन्छु । जो मेरो हरेक सुखमा मसँगै हाँसिदेओस् । दुःखमा मसँगै रोइदेओस् अथवा मलाई सहानुभूति देओस् ।

मलाई मेरा आत्मा, भावनालाई सम्मान गर्ने साथी भए पुग्छ । भीडमा छु तर एक्लै भएको महशुष हुन्छ । प्रश्न अनुत्तरित छन्, जवाफ मौन छ, साँच्चै संसार पापी अनि स्वार्थी रहेछ‘।
मकालु खबरबाट साभार ।

Facebook Comments

Related Posts

उत्तराखण्डको केदारनाथ धाममा  निजी कम्पनीको हेलिकप्टर दुर्घटना

उत्तराखण्डको केदारनाथ धाममा निजी कम्पनीको हेलिकप्टर दुर्घटना

२६ श्रावण २०७७, सोमबार १०:४९
रामकुमारी झाँक्रीले आगामी निर्वाचनमा गुल्मी क्षेत्र नम्बर २ मा एमालेको २५ बर्ष देखिको विरासत तोड्ने घोषणा

रामकुमारी झाँक्रीले आगामी निर्वाचनमा गुल्मी क्षेत्र नम्बर २ मा एमालेको २५ बर्ष देखिको विरासत तोड्ने घोषणा

२६ श्रावण २०७७, सोमबार १०:४९

प्रश्न र प्रतिरोधबाट उदाएकी विद्रोहकी ‘पोस्टर गर्ल’ अब उत्तर दिने ठाउँमा

जातीय विभेद को चर्चा र समावेशिता को सवाल “

कर्णालीको ” फ्लोर क्रस” एतिहासिक बिद्रोह

विद्यार्थी आन्दोलनको आवाश्यकता र अबको कदम

पौष ५ पछिको भुकम्प

पुष ५ को भुकम्प

कठोर कानुन भएपनि समाज नै नबदलिएसम्म कहाँ रोकिएला लैङ्गिक हिंसा ?

राजतन्त्र की गणतन्त्र ?

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२६ श्रावण २०७७, सोमबार १०:४९
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२६ श्रावण २०७७, सोमबार १०:४९
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

२६ श्रावण २०७७, सोमबार १०:४९
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

२६ श्रावण २०७७, सोमबार १०:४९
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

२६ श्रावण २०७७, सोमबार १०:४९
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.