साउन २६, काठमाडौ –
नेपालमा पछिल्लो २४ घन्टामा ३३८ जना नयाँ संक्रमित थपिएका छन् । यो सँघै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या संख्या २३ हजार नाघेको छ ।
नियमित पत्रकार सम्मेलनमा स्वास्थ तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २३ हजार ३१० जानकारी दिएको छ ।
विभिन्न ३७ प्रयोगशालामा ८ हजार ७३२ जनाकाे परीक्षण गर्दा थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ६ हजार ७३८ रहेको छ ।
त्यस्तै, हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १६ हजार ४९३ पुगेको छ । कुल संक्रमितमध्ये ७०.७ प्रतिशतले कोरोना जितेका हुन् ।
पछिल्लो २४ घण्टामा थप १४० जना कोरोनालाई जितेर घर फर्किएका छन् ।