साउन २७ –
नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ । आइतबार २ जना र सोमबार २ जनाको मृत्यु भएपछि मृतकको संख्या ७९ पुगेको हो ।
पछिल्लो पटक काठमाडौंमा २ जना, बाँकेमा १ जना र पर्सामा १ जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो पटक मृत्यु हुनेमा बाँकेको नेपालगन्जस्थित नेपालगन्ज मेडिकल कलेजमा ७० वर्षीया महिला र पर्साको वीरगन्जस्थित नारायणी अस्थायी कोभिड अस्पतालमा ४५ वर्षीया महिला थिईन्।
त्यसैगरी सोमबार काठमाडौंको मध्य बानेश्वरका ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा मृत्यु भयो भने कीर्तिपुरको ट्याङलाफाँटका ६४ वर्षीय पुरुषको मृत्यु पनि ज्यान गएको मन्त्रालयले सोमबारको प्रेस ब्रीफिङमा जानकारी दिएको छ ।