साउन २८, काठमाडौ –
बुधवार सुनको मूल्य ह्वात्तै घटेको छ । लगातार चौथो दिन घटेको सुनको मूल्य बुधबार ६ हजार २ सयले घटेको हो ।
बुधबारका लागि सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय रुपैयाँ तोकिएको छ। मंगलबार प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँ थियाे।
त्यसैगरी चाँदीको मूल्य पनि एकै दिन २ सय २५ रुपैयाँले घटेको छ। चाँदीको मूल्य बुधबारका लागि १२ सय १० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबारका लागि प्रतितोला १ हजार ४ सय ३५ रुपैयाँ तय भएको छ।
Facebook Comments