साउन २८, काठमाडौ – कोरोना भाइरसबाट बुधबार नेपालमा ८ जनाको मृत्युु भएको छ । पछिल्लो २४ घन्टामा अहिलेसम्म कओ धेरै ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मृत्यु हुनेमा धनुषाका ३ जना, काठमाडौं, सप्तरी, कपिलवस्तु, बारा रहेका छन् । यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ।
त्यस्तै, बुधबार थप ४८४ जनामा संक्रमण पुष्टि भएको छ। बुधबार थपिएको सहित संक्रमित संख्या २४ हजार ४३२ पुगेको छ।
सोमबार डिस्चार्ज हुनेको संख्या भने ६४ जना मात्रै छन्। यो सहित संक्रमित निको हुने संख्या १६ हजार ७२८ पुगेको छ।
आज १० हजार ४८१ जनाको पीसीआर परीक्षण गरिएको थियो। देशका ३७ प्रयोगशालामा अहिलेसम्म चार लाख ७३ हजार १७९ जनाको पीसीआर परीक्षण गरिएको छ।