साउन ३०, विराटनगर –
शुक्रवार प्रदेश १ मा ९५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । विराटनगर महानगरपालिका भित्र ३३ सहित प्रदेशमा ९५ संक्रमण पुष्टि भएकाे हाे ।विराटनगरका २० पुरुष र १३ महिला गरि ३३ जना थपिएका हुन् ।
संक्रमितमध्ये ७६ पुरुष र २८ जना महिला रहेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
जसमध्ये मोरङमा ६२, सुनसरीमा २२, झापामा ९ र प्रदेश १ बाहिरका २ जना रहेका छन् ।
यस्तै पछिल्लाे २४ घण्टामा प्रदेश १ मा २ जनाकाे मृत्यु भएकाे छ । दुबै जनाकाे बिहीबार बेलुका काेशी अस्पताल विराटनगरमा मृत्यु भएकाे हाे । मृत्यु भएकामा विराटनगर- १५ का ३० वर्षिय पुरूष र सिरहा विष्णुपुर १ का ४० वर्षिय पुरूष छन् ।
यसैगरी प्रदेश १ बाट शुक्रवार ३५ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ७५ पुगेको छ ।