साउन ३१, काठमाडौ –
नेपालमा गएको २४ घण्टामा नेपालमा ४६८ जना कोरोना भाइरसको संक्रमित थपिएको छ । त्यस्तै थप तीन जनाको मृत्यु समेत भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १०२ पुगेको छ भने सङ्क्रमितको सङ्ख्या २६ हजार १९ पुगेको छ।
स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले ८ हजार १९३ जना सक्रिय संक्रमित रहेका छन्। त्यस्तै , १७ हजार २०१ जना उपचार पछि निको भएका छन्।
यस्तै पछिल्लो २४ घण्टामा १२४ जना रोगमुक्त भएका छन्। गएको २४ घण्टामा ११ हजार ४७ वटा पीसीआर परीक्षण गरिएको छ।