साउन ३२, विराटनगर –
विराटनगरमा आइतबार बिहान थप ४३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै विराटनगरमा संक्रमितको संख्या ५२३ पुगेको महानगरको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।
नयाँ थपिएकामा वडा नम्बर २ मा ४ जना, ३ मा ६ जना, ४ मा ३ जना, ५ मा ४ जना , ६ मा ७ जना, ८ मा १ जना, ९, ११ र १५ नम्बर वडामा ६/६ जना नयाँ संक्रमित भेटिएका हुन्।
Facebook Comments