भदौ १ –
सुनको मूल्य सोमबार पनि घटेको छ । सुनको मूल्य आज २ सयले घट्दै प्रतितोला ९८ हजार २०० मा कारोबार भइरहेको छ । आइतबार पनि २०० ले नै घटेको थियो ।
यस्तै चाँदीको मूल्य पनि १० रुपैयाँ घटेर १ हजार ३१५ मा कारोबार भइरहेको छ ।
अघिल्लो हप्ता सुनचाँदीको मूल्यमा उतार चढाव आइ नै रहेको थियो । बुधबार एकै दिन ६ हजार २०० ले घट्दै प्रतितोला ९५ हजार ४०० मा कारोबार भएको सुन विहिबार २,४०० ले बढेर पुनः उकालो लागेको थियो ।
साउन २३ गते नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । त्यस दिन १ लाख ३ हजार ५०० मा कारोबार भयो ।