भदौ १ –
सोमबार प्रदेश १ मा ८३ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा विराटनगरका मात्र २९ जना छन् । जसमा १३ महिला र १६ पुरुष छन् ।
मोरङमा ४४, सुनसरीमा ३१, झापामा ७ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा सोमबार २४ जना डिस्चार्ज भएका छन् । योसँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ९९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
Facebook Comments