भदौ १, काठमाडौ –
नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ८१ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै हालसम्म कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार ५ सय २० जनाको कोरोना परीक्षण गरिएको छ । यस्तै कोरोना संक्रमण निको भएर पछिल्लो २४ घण्टामा १५९ जना डिस्चार्ज भएका छन् ।
Facebook Comments