भदौ १, काठमाडौ –
राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ ।
राष्ट्रिय परीक्षा वोर्डका अनुसार यसवर्ष ४ लाख ८२ हजार ९ सय ८६ परीक्षार्थीले परिक्षाको लागि आवेदन दिएकोमा ४ लाख ७२ हजार ७८ जना विद्यार्थीको मात्र नतिजा आएको छ । झण्डै १० हजार विद्यार्थी भने अयोग्य भएको परीक्षा वोर्डले जनाएको छ ।
गत चैत्र ६ बाट हुने भनिएको एसईई परिक्षा कोरोना भाइरसका कारण हुन नसकेपछि विद्यालयलाई नै विद्यार्थीको मुल्यांकन गरेर नतिजा पठाउन निर्देशन दिएको थियो। परीक्षाफल प्रकाशित भएपनि भदौ १५ गतेसम्म कुनै पनि कलेजमा विद्यार्थी भर्ना गर्न पाइनेछैन ।
यसरी हेर्न सकिन्छ नतिजा :
परिक्षा बोर्डका अनुसार नतिजा विभिन्न वेबसाइट, एसएमएस मार्फत हेर्न सकिनेछ । जसअन्तर्गत नेपाल टेलिकम र एनसेलको नम्बरबाट १६०० डायल गरी नतिजा थाहा पाउन सकिनेछ । यस्तै, इजी सर्भिस प्रालिले ३४९४९ मा सिम्बोल नम्बर एसएमएस गरेर नतिजा थाहा पाउन सकिने सुविधा दिएको छ ।
यसका अलावा https://www.see.gov.np , https://www.neb.gov.np , https://www.see.ntc.net.np र https://www.see.edusanjal.com मा गएर समेत हेर्न सकिनेछ ।