भदौ २, बिराटनगर –
मंगलबार विराटनगरमा हालसम्मकै धेरै ९६ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामध्ये ३१ महिला र ६५ पुरुष छन् ।
जसमध्ये विराटनगर वडा नम्बर १,२,३,५,९,१५ र १६ मा एक–एक जना कोरोना संक्रमित थपिएका छन् ।
त्यस्तै वडा नम्बर ७ र १४ मा दुई-दुई जना, ६ मा ३ जना, वडा नम्बर ८ र ११ मा १२/१२ जना, १० मा ४ जना, र १२ मा ५ जना रहेका छन् । ४९ जना भने वडा खुलेको छैन् ।
यो सँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ६९१ पुगेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
पमन्त्रालका अनुसार मंगलबार प्रदेश १ मा १३९ संक्रमित थपिएका छन । मोरङमा १०५, झापामा २०, सुनसरीमा ६, संखुवासभामा ३, उदयपुरमा २, पाँचथर र प्रदेश १ बाहिरका २ सहित प्रदेश १ मा जम्मा १३९ संक्रमित थपिएका छन् । यो सँग हालसम्मकै उच्च हो । संक्रमण देखिएका मध्ये ४२ महिला र ९७ जना पुरुष छन् ।
याे सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार २ सय ३२ पुगेको छ । डिस्चार्ज हुनेको संख्या १ हजार १ सय ३३ छ ।