भदौ २, काठमाडौ –
मंगलबार नेपालमा एकैदिन एक हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा देशभर १ हजार १६ जना कोरोना संक्रमित थपिएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा देशभर ८५ जना संक्रमित निको भएपछि डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० जना पुगेको छ ।
यस्तै गएको २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट थप ७ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा १३ हजार ४६१ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ।