भदौ ३, काठमाडौ –
नेपालको राष्ट्रिय झण्डा जलाउने १० जनालाई प्रहरीले पक्राउ गरेको छ । झण्डा जलाउने घटनाको गायक सहितका ९ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले गायक ग्लालेन दोर्जे तामाङलाई कीर्तिपुरबाट पक्राउ गरेको हो। उनीसँगै अन्य ९जना पनि पक्राउ परेका छन्। गत भदौ १ गते युट्युबमा नेपालको राष्ट्रिय झण्डा झलाईएको एउटा म्युजिक भिडियो अपलोड गरिएको थियो।
युट्युबमा सार्वजनिक भएको ‘देशद्रोही’ को भिडियोमा नेपालको झन्डा जलाइएको छ भने कुनै जाति विशेषलाई गाली गरिएको छ । गीतलाई ग्याल्जोम दोर्जे तामाङ ‘मंगोल ग्याल्जी’ले गाएका छन् ।
मंगोल हप नामको युट्युब च्यानलबाट सोमबार सार्वजनिक भएको यो गीतलाई ग्याल्जीले नै लेखेका हुन् । भिडियोमा ढाका टोपी र झन्डाको अपव्याख्या गरिएको छ ।