भदौ ३, काठमाडौ –
नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२० पुगेको छ।
यस्तै पछिल्लो २४ घन्टामा ६८१ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। तीमध्ये २१६ महिला र ४६५ जना पुरुष रहेको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ सय २० जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् भने हालसम्म १७ हजार ७ सय डिस्चार्ज भएका छन् ।
नेपालमा सक्रिय संक्रमितको संख्या ११ हजार १ सय १८ रहेको छ । तीमध्ये ७ हजार ९८७ जना आइसोलेसनमा रहेका छन् भने ३ हजार १ सय ३१ होम आइसोलेसनमा रहेका छन् ।