भदौ ४, काठमाडौ –
बिहिवार नेपालमा थप ७०७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९ हजार ६४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप २६४ जना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १७ हजार ९६४ पुगेको छ ।
हाल देशभरको क्वारेन्टिनमा ११ हजार ७६८ जना रहेका छन् भने ११ हजार ५५५ सक्रिय संक्रमितको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार ८३२ जनाको पीसीआर परीक्षण भएको छ ।