भदौ ५, सिन्धुपाल्चोक –
सिन्धुपाल्चोकस्थित जुगल गाउँपालिका–२ लिदीको पहिरोमा बेपत्ता भएका ३० जनाको शव भेटिएको छ । हराएकामध्ये ९ जनाको अझै शव भेटिएको छैन् ।
एक सय ७२ घर रहेकोे लिदीमा गएको शुक्रवार पहिरो खसेको थियो । पहिरोमा परि १३ घर पुर्ण क्षति भएका थिए भने ३६ घर आंशिक क्षति भएको थियो । पहिरोमा परि ३९ जना बेपत्ता भएका थिए । र्बााँक ९ जनाको खोजि भैरहेको डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
Facebook Comments