भदौ ५, विराटनगर –
उद्योगपति राजेन्द्र राउतले पिसिआर परिक्षण गर्ने मेसिन खरिद गर्न विराटनगर महानगरपालिकालाई सात लाख रुपैयाँ सहयोग गरेका छन् ।
विराटनगर क्षेत्रमा समुदाय स्तरमा फैलिएको कोरोना भाइरस संक्रमणको पहिचान र परिक्षण गर्नका लागि आवस्यक पर्ने पिसिआर मेसिन खरिदका लागि उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ का बरिस्ठ उपाध्यक्ष समेत रहेका राउतले सात लाख सहयोग गरेका हुन् । विराटनगरमा पछिल्लो समय कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गहिरहेपनी आवस्यक मात्रमा परिक्षण हुन सकिरहेको छैन्। त्यसैलाई मध्यनजर गर्दै महानगरपालिकाले पिसिआर मेसिन खरिद गर्ने निर्णय गरेको थियो । त्यसैका लागि आफुले सहयोग गरेको उद्योगि राउतले बताए । विराटनगरमा कोरोना भाइरस संक्रमण समुदाय स्तरमा फैलिएको भएपनी आवस्यक मात्रमा परिक्षण हुन सकिरहेको छैन, यसले गर्दा अझै स्थिति भयावह हुनसक्ने भन्दै पिसिआर मेसिन खरिदका लागि आफुले सहयोग गरेको उनले बताए ।
राउतले यसअघि पनि कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश १ सरकारले स्थापना गरेको कोषमा ११ लाख सहयोग गरेका थिए । उनी त्यतिबेला पनि कोषमा सबैभन्दा पहिला सहयोग गर्ने व्यक्ति थिए । अन्य उद्योगि, व्यवसायीहरू सरकारलाई कसरी कर छलि गर्न सकिन्छ भनेर लागेपनी उद्योगि राउत भने खुल्ला हृदयले सहयोग गर्दै आहिरहेका छन् ।