भदौ ५, विराटनगर –
शुक्रबार प्रदेश १ मा ८९ जनामा कोरोना संक्रमित थपिएका छन् । थपिएकामध्ये शुक्रबार ३८ महिला र ८९ संक्रमित छन् ।
थपिएका संक्रमित मध्ये मोरङमा ४४, सुनसरीमा २९, झापामा ७, इलाममा ४, पाँचथर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ३ जना रहेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
संक्रमित मध्ये विराटनगरका मात्र २९ जना छन् । जसमा १३ महिला र १६ पुरुष छन् ।
त्यस्तै, प्रदेश १ मा आज ६९ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा आज सम्म १ हजार २ सय २४ जना डिस्चार्ज भएका छन् ।