भदौ ५, काठमाडौ –
नेपालमा पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका ८३८ नयाँ संक्रमित थपिएका छन्। याे सँगै नेपालमा संक्रमित हुनेकाे संख्या ३० हजार ४८३ पुगेकाे छ।
यस्तै शुक्रबार नेपालमा ११ जना संक्रमितको मृत्यु भएको छ। यो एकैदिन मृत्यु भएको हालसम्मकै उच्च हो। यससँगै कुल मृत्यु हुनेको संख्या १ सय ३७ पुगेको छ।
पछिल्लो २४ घण्टामा १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गरिएको छ । जसमा २९२ महिला र ५४६ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै संक्रमितमध्ये १८ हजार २१४ जना संक्रमित निको भएर घर फर्किएका छन् ।