भदौ ६ –
विश्वभर कोरोना भाइरस सँक्रमितको सँख्या २ करोड ३१ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ४९ हजार नयाँ सँक्रमित थपिएपछी सँक्रमितको सँख्या २ करोड ३१ लाख ८ हजार नाघेको वल्डोमिटर्सको तथ्यांकले देखाएको छ ।
यस्तै कोरोना भाइरसबाट मृत्यु हुनेको सँख्या ८ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार ८४६ जनाको मृत्यु भएपछि विश्वभर मृत्यु हुनेकोे सँख्या ८ लाख २ हजार ९७१ पुगेको हो ।
साथै कोेरोनालाई जित्नेको सँख्या १ करोड ५७ लाख ५ हजार ३०० पुगेको छ भने सक्रीय सँक्रमितको सँख्या ६५ लाख ९९ हजार ८७९ जना रहेको वल्डोमिटर्सले जनाएको छ ।