भदौ ६, काठमाडौ –
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सुरक्षामा खटिएका ९ जना सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण देखिएको छ।
पूर्वप्रधानमन्त्री नेपालको परिवारसहित सुरक्षामा खटिएका सुरक्षाकर्मीको कोरोना परीक्षण गर्दा ९ जना सुरक्षाकर्मीको कोरोना रिपोर्ट पोजिटिभ आएको नेपालको सचिवालयले जनाएको छ ।
माधव नेपाल लगायत उनका परिवारका अन्य सदस्यलाई भने संक्रमण नदेखिएको सचिवालयले जनाएको छ। कोरोना संक्रमण देखिएका सुरक्षाकर्मीमध्ये एक जना नेपाल प्रहरी हुन् भने बाँकी ८ जना सशस्त्र प्रहरीका हुन् ।