भदौ ६, काठमाडौ –
वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई उद्धारमा सरकार उदासिन रहेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारसँग उद्धारमा ढिलासुस्ती किन गरेको भन्दै प्रश्न गरेको छ ।
कांग्रेसले शनिवार एक विज्ञप्ती जारी गर्दै “खाडीका श्रमिक ‘बर्ग शत्रु’ हुन् प्रधानमन्त्रीज्यू ? सर्वोच्चको आदेश उल्लंघन गर्दै महंगो टिकटसंगै सबै खर्च बोकाउनु मानवियता कि ‘सर्वहारा माथि अधिनायकवाद’ ? भन्दै सरकारसँग प्रश्न गरेको छ ।
गत असार १ गते सोमबार सर्वोच्च अदालतले ‘वैदेशिक रोजगारीमा गएर अप्ठ्यारोमा परि नेपाल आउन चाहेका नेपाली नागरिकलाई सरकारी कोषबाटै उद्वार गर्न’ सरकारका नाममा आदेश जारी गरेको थियो ।
त्यस्तै सर्वोच्चको आदेशको दुई महिनापछि पुनः महंगो चार्टर फ्लाईटको टिकटदेखि अन्य सबै खर्च गरेर श्रमिकको पिडामाथि पीडा सरकारले थप्न लागेको समाचारले नेपाली कांग्रेसलाई गम्भीर तुल्याएको जारी विज्ञप्तिमा भनिएको छ ।