भदौ ६ –
नेपालमा पछिल्लो २४ घण्टामा ६३४ जना कोरोनाका नयाँ सँक्रमित थपिएका छन् । योसँगै जम्मा सँक्रमितको सँख्या ३१ हजार ११७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना बाट ८ जनाको मृत्यु भएको छ । योसँगै मृतकको सँख्या १४६ पगेको छ ।
साथै २४ घण्टामा १३६ जना भाइरसमुक्त भएका छन् । यसका साथै १८ हजार ३५० जना निकोे भएको मन्त्रालयले जनाएको छ । २४ घण्टामा १२ हजार ५९५ नमुना परीक्षण गरीएको छ । देशभर ११ हजार ६५८ जना क्वरन्टीनमा रहेका छन् । यस्तै सक्रिय सँक्रमितको सँख्या १२ हजार ६२१ रहेको मन्त्रालयले जनाएको छ ।