भदौ ७ –
क्यारेबियन प्रिमियर लिग सीपीएलमा नेपाली लेगस्पीनर सन्दीप लामिछानेले सानदार प्रदर्शन गरेका छन् । सन्दीप सम्मीलित टीम जमैका तल्लावाहज र गायना अमेजन वारियर्स बिच गएराती भएको खेलमा सन्दीपले सानदार खेल प्रदर्शन गरेका हुन् ।
सन्दीपले उत्कृष्ट प्रदर्शन गरेपनि उनकोे टीम जमैका तल्लावाहजले हार बेहोर्याे । सन्दीप सहित मुजिर उर रहेमान र कार्लोस ब्रेथवेइटको उत्कृष्ट बलिङ अनि आन्द्रे रसेलले उत्कृष्ट ब्याटिङ गरेपनि जमैका गायना अमेजन वारियर्ससँग १४ रनले पराजित भएको हो ।
सन्दीपले ४ ओभरमा दुईको रनरेटमा बलिङ गर्दै ८ रन मात्र खर्चेर २ विकेट लिए । यो सन्दीपले अहिलेसम्म खेलेको विदेशी लिगहरुमा सबैभन्दा किफायती बलिङ हो । सन्दीपले रदरफुडलाई ६ रनमा मुजिब उर रहमानको हातबाट क्याच गराए भने कप्ता क्रिस ग्रीनलाई २ रनमा बोल्ड गरे । त्यस्तै, जमैकाका लागि मुजिव र ब्रेथवेइटले ३–३ विकेट लिँदै गायनलाई ११८ रनमा रोकेको जमैकाले रसेलको अर्धशतकका बाबजुत पनि सामान्य लक्ष्य पूरा गर्न सकेन ।
जमैकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०४ रन मात्र बनाउन सक्यो । रसेलले ३७ बल खेल्दै ४ चौका र ५ छक्काको मद्दतमा ५२ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । यस्तै कप्तान रोभमन पावेलले २३ र असिफ अलीले १४ रन बनाए ।
यस सिजन लगातार दोस्रो हार व्यहोरेको जमैका ३ खेलबाट २ अंकसहित अंकतालिकामा पाँचौ स्थानमा छ । पहिलो खेलमा सेन्ट लुसिया जुक्सलाई पराजित गरेको जमैका दोस्रो खेलमा ट्रिनबागो नाइट राइडर्ससंग पराजित भएको थियो ।