भदौ ८, काठमाडौ –
देशभर सोमबार ४९७ पुरुष र २४६ जना महिला गरी थप ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ।
यस्तै, देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ७१५ पुगेको छ। सोमबार कोरोना भाइरस संक्रमण निको भएर थप १७५ जना डिस्चार्ज भएका छन्। योससँगै डिस्चार्ज हुनेहरुको संख्या १८ हजार ८०० पुगेको छ। साथै पछिल्लो २४ घन्टामा थप ८ जनाको कोरोना बाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
सोमबार १० हजार २३४ जनाको पीसीआर परिक्षण गरिएको छ। ११ हजार २७५ जना क्वारेन्टिनमा रहेका छन्।