भदौ ९, काठमाडौ –
नेपालमा मंगलबार थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३३ हजार ५३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ७ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६४ पुगेको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३१३ जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन्। यससँगै नेपालमा निको भएर घर फर्किनेहरू संख्या १९ हजार ११९ पुगेको छ।
हाल आइसोलेसनमा १४ हजार २५० जना रहेको र त्यसमध्ये ५ हजार ६६९ जना होम आइसोलेसनमा र ८ हजार ५८१ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। साथै १० हजार ४५३ जना क्वारेन्टिनमा रहेका छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा ११ हजार ३२७ वटा पीसीआर परीक्षण भएको र हालसम्म नेपालमा कुल ६ लाख २१ हजार ९ सय २१ जनाको नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ।