म आफ्नै जिन्दगी देखेर अलमल्ल छु
मलाई आलिसान महल् र जस्ताको टहर,
दुइटैमा बस्ने मान्छे एउटै नै लाग्छ
मलाई चौरासी ब्यन्जन परिकार र निस्तो भात
दुइटै खाने मान्छे एउटै नै लाग्छ,
मलाई चिल्लो गाडी र खिया लाग्या थोत्रे साईकल
दुइटैमा हिँड्ने मान्छे एउटै नै लाग्छ,
मलाई देखेर सोच्लाउ ” यो बिचरा त बौलाए’छ”
सप्तरंग झै मौलाको जिवन् , सुकेर एक्कासि ऊइलाएछ
तर म सोध्छु तिमीलाई
के नै पाउछौ भनेर दौडीरा’छौ यो दौडमा ?
ढिलो चाँडो सबैले पुग्ने
त्यही मशानघाट न हो।
त्यसैले आउ आफैले आफै भित्र नियालेर हेरम् एकैछिन
अखिर् के नै पो छ र ?
आज मरीगए भोली दुइ दिन्
हैसियतका ठुला कुरा गर्नेले
सृष्टिसामु औकात् बिर्सिन थल्या छ।
आफैले आफै भित्र अहङकार नामको विष पाल्या छ
तर तिमीले सोचेको भन्दा नि थोरै समय छ,
हुन त यो ठाउँमा हामी एक यात्री न हो
र तिमीले सोचेको भन्दा धेरै रङ छन यो जीवनमा रमाउन ,
जिन्दगीको अन्तिम क्षणमा तिमीलाई प्रश्नहरुले सताउने छ
र भित्र मन देखी एउटा आवाज आउने छ र त्यसले तिमीलई झक्झकाउँने छ।
बाल्यकाल देखि बुढेस्काल सम्म जिन्दगी यति कुदे कुदे कुदे कुदे र कुदिनै रहे
तर अन्त्यमा,
“न त मैले केहि पाएँ, न त मैले केहि गुमाएँ”
मेरो पुरै जिन्दगि एउटा भ्रम पो रहेछ।
दिनका दिन अफ्नै जिन्दगी सक्किदै जाने एउटा क्रम पो रहेछ।
मान्छे सारा जीवन पैसा पैसा पैसा भनेर अल्झिन्छ
र बाच्नै नपाइ मर्ने बेला आउदा ,
भित्र मनमा रोपिएका घाउ बल्झिनछन् ।
त्यसैले आफुसँग भएको यो छोटो समयमा निर्धक्क भइ रमाउम्।
चारै तिर खुशी छरम्
जती सक्दो मलामी कमाउँ,
सक्ने जतिलाइ सहयोग गर्न सदैव अघि सरम्
भोको मनको हरेक धोको पुरा गरम्
र मृत्युशैयामा पुग्या बेला
अफुलाइ दुई कुराको पस्चताप कहिल्यै नहोस्
एक केहि गरेर र अर्को केहि गर्न नपाएर । – देवाशिष दाहाल