भदौ १०, काठमाडौ –
पछिल्लो २४ घन्टामा नेपालमा थप ८८५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, २४ घन्टामा ११ जनाको मृत्यु भएको छ । योसँगै मृत्युु हुनेको संख्या १७५ पुगेको मन्त्रालयले जनाएको छ । साथै ३८५ जना निको भएर घर फर्किएका छन् । योसँगै हालसम्म १९ हजार ५०४ निको भएको मन्त्रालयले पत्रकार सम्मेलनबाट जानकारी दिएको छ ।
पछिल्लो २४ घन्टामा १३ हजार २५३ जनाको पिसिआर परिक्षण गरिएको छ।