भदौ ११ –
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानका लागि बनेको कार्यदलको प्रतिवेदनमा बरिस्ठ नेता माधव कुमार नेपालको असन्तुष्टि भनेर बाहिर आइरहेको विषयप्रती नेता नेपालले खण्डन गरेका छन् ।
वरिष्ठ नेता एवम् पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले कार्यदलको प्रतिवेदनमा टिप्पणी भन्दै आईरहेका बिषयको खण्डन गर्दै आज उनका स्वकिय सचिब मोहन गौतमले फेसबुक पोष्ट मार्फत सबैमा जानकारी गराएका छन।
स्वकीय सचिब गौतमले लेखेका छन्, ”नेकपाका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माननीय माधवकुमार नेपालज्यूले ‘नेकपा समस्या समाधान सुझाव कार्यदल’ ले प्रस्तुत गरेको ‘सुझाव प्रतिवेदन’ प्रति गरेको टीप्पणी भनेर बिभिन्न सन्चार माध्यममा आएको कुरा सत्य होइन । अझ दुखद कुरा त के छ भने हाम्रै पार्टीका कतिपय जिम्मेवार कमरेडहरू जोडिएका वा उहाॅहरूले चलाएका कतिपय मिडियामा कपोलकल्पित एवम् मनगढन्ते कथाहरू पस्किएर सम्मानित नेताको चरित्र हत्या गरी आत्मसन्तुष्टी लिने नियोजित कोशिस भएको छ । बिगत लामो समयदेखि पार्टीमा बिधि, प्रक्रिया, प्रणाली र मापदण्डको कुरालाई (अल्पमत, बहुमत वा सर्वसम्मत जे हुॅदा पनि ) उठाउॅदै आउनुभएका उहाॅले अनौपचारिक परामर्शको आधारमा गठन गसमस्या समाधान कार्यदलको प्रतिवेदनमा टिप्पणी भन्दै आएको समाचार सत्य होइन : माधव नेपालसमस्या समाधान कार्यदलको प्रतिवेदनमा टिप्पणी भन्दै आएको समाचार सत्य होइन : माधव नेपालरी सचिवालय बैठकबाट (उहाॅहरूकै माग बमोजिम) अनुमोदन गरिएको कार्यदलले प्रस्तुत गरेको प्रतिवेदन उपर सचिवालयको बैठकमै टीप्पणी, राय, सुझाव, धन्यवाद एवम् आलोचना गर्ने हुनाले बाहिर गरिएका नियोजित हल्ला एवम् अफवाहमा नपर्न सबैमा सादर अनुरोध गर्दछु ।”